तपाईँ सुन्दै हुनुहुन्छः

बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत ३४ किशोरीहरूलाई छात्रवृत्ति वितरण

रोल्पा । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाले सदरमुकाम लिवाङमा एक कार्यक्रम गरी ३४ जना किशोरीहरूलाई ३ लाख ७४ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरेको छ । 


युएनएफपिए रोल्पाको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाद्वारा सञ्चालित बालविवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण गरिएको हो । 

जिल्लामा रहेका किशोरी समूहबाट छनौट गरिएका अभिभावकविहीन, अपाङ्ग, अति विपन्न, संरक्षण विहीन र हिंसामा परेका ३४ जना किशोरीहरूलाई प्रतिव्यक्ति ११ हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो । प्रमुख अतिथि एवं नगर प्रमुख पूर्ण केसीले छात्रवृत्ति हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button