तपाईँ सुन्दै हुनुहुन्छः

कानुनविद् दाहालको मुटुको शल्यक्रिया सम्पन्न

काठमाडौ ।संविधानविद् तथा कानुनविद् काशीराज दाहालको मुटुको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । वरिष्ठ चिकित्सक भगवान् कोइराला र उहाँको समूहले दाहालको मुटुको शल्यक्रिया गरेको हो ।

कानुनविद् दाहालका दाजु डा रामप्रसाद दाहालका अनुसार उहाँ अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ । उहाँलाई आकस्मिक रूपमा मुटुमा समस्या देखिएपछि आइतबार मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर महाराजगञ्जमा उक्त शल्यक्रिया भएको हो । कानुनविद् दाहालका दाजुले रासससँग कुरा गर्दै भन्नुभयो, “ओपन हार्ट सर्जरी गरिएको हो, अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ, अहिले खतरामुक्त अवस्थामा हुनुहुन्छ ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button