धान खेतीमा राइस हिस्पाको प्रकोपले किसान चिन्तित
स्याङ्जा । कोरोना कहरका बिच किसानलाई राइस हिस्पाले चिन्तित बनाएको छ । भर्खरै रोपिएको धान खेतीमा राइस हिस्पाको प्रकोपका कारण किसान चिन्तित बनेका हुन् ।
किराले धानको पात खाइदिने, सेतै बनाउने, धानको गुभो खाइदिएर थप वृद्धि हुन नदिने गर्छ । धान खेतीका लागी उर्वर मानिएको भीरकोट ५ पकानफाँटमा राइस हिस्पाको प्रकोप देखिएको हो ।
धान रोपाई गरेको १७ दिनमै खप्टे काँडेदार किरा (राइस हिस्पा)को प्रकोप देखिएपछि सामान्य विषादी किसानलाई दिइएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो ।
पकान फाँटमा करिब ७० रोपनी धानमा ज्ञान केन्द्रको टोलीले अनुगमन गरेको छ । अनुगमन पश्चात् ७५ प्याकेट सामान्य विषादी किङ स्टार नामक विषादी वितरण गरिएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
पकान फाँटको झन्डै २० रोपनी धान खेतमा किराको प्रकोप देखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्