तपाईँ सुन्दै हुनुहुन्छः

लाखौँको आलु कुहियो

सल्यान । किसानहरूले उत्पादन गरेको आलु कुहिएपछि सल्यानमा व्यावसायिक आलु खेती किसान मारमा परेका छन् । व्यावसायिक आलु खेती गर्दै आइरहेका बागचौर नगरपालिका –११ वाफुखोलाका किसान मारमा परेका हुन । 


विगत १० देखि व्यावसायिक आलु खेती गर्दै आइरहेका वाफुखोलाबासीले यस्तो समस्या पहिलो पटक आएको बताएका छन् । लगातार एक हप्ताको भारी वर्षाले हो वा अन्य कुनै रोगका कारण थाहा नपाउँदा आफ्नो १० क्विन्टल आलु कुहिएर फालेको किसान झुपलाल वलीले बताए । १५ रोपनीमा लगाएको आलु झन्डै दुई सय क्विन्टल जति उत्पादन भएको भए पनि १० क्विन्टल भन्दा बढी आलु कुहिएको उनको भनाई छ । उनले भने ‘आलु खेती गर्न थालेको धेरै वर्ष भयो तर यस्तो समस्या अहिलेसम्म आएको थिएन ।’ 


यस्तै एक सय क्विन्टल खनेकोमा २० क्विन्टल आलु कुहिएको अर्का किसान केशरबहादुर वलीले बताए । आलु खेती जीविकोपार्जन गर्ने किसानहरू यो वर्ष ठुलो मारमा परेको उनको भनाई छ । पाखापानी टोल मात्र सिजनमा एक हजार क्विन्टल भन्दा बढी आलु उत्पादन हुने गरेको तर यो सिजनमा गाउँभरको झन्डै दुई सय देखि तीन सय क्विन्टल कुहिएको वलीले बताए । 


बागचौर नगरपालिका वडा ११ र १२ आलु पकेट क्षेत्रमा रुपमा चिनिने गर्छ । साबिकको वाफुखोलाबाट मात्र वार्षिक १० करोड भन्दा बढीको आलु निकासी हुने गरेको छ । 


आलु कुहिएपछि माटो र आलु परीक्षणका लागि सुर्खेत पठाइएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button