तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीको भजनी नगरपालिकामा जनप्रतिनिधिले लगाए ताला

धनगढी। कैलालीको भजनी नगरपालिका कार्यालयमा उपमेयरको नेतृत्वमा तालाबन्दी गरिएको छ ।

आगामी आर्थिक बर्ष २०७८/७९ को बजेट पारितको प्रक्रियामा असहमति जनाउँदै उपमेयर छाँँया देवकोटासहित वडा अध्यधहरुले नगरपालिकामा तालाबन्दी गरेको बताइएको छ ।योजना तर्जुमा नगरी बजेट पारित गर्न थालिएपछि नगरपालिकामा तालाबन्दी गरिएको उपमेयर देवकोटाको भनाई छ । हिजो कार्यपालिका बैठक बहिस्कार गरेका उनीहरूले आज नगरपालिकामा ताला लगाएको नगरपालिका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button