ग्राबिएल जिजुसमाथि प्रतिबन्ध लगाएपछि नेयमार असन्तुष्ट

काठमाडौँ । ब्राजिलियन फरवार्ड नेयमारले ग्राबिएल जिजुसमाथि लगाइएको प्रतिबन्धबारे दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कोनमेबोल) को आलोचना गरेका छन् ।
नेयमारले सामाजिक सञ्जालबाट जिजुसलाई गरिएको प्रतिबन्धबारे कोनमेबोलको आलोचना गरेका हुन् । नेयमारले कोनमेबोलको निर्णयले दुखी तुल्याएको समेत उल्लेख गरेका छन् ।
कोपा अमेरिका अन्तर्गत चिलीविरुद्धको क्वाटरफाइनल खेल दौरान जिजुसले रातो कार्ड पाएका थिए ।
उक्त रातो कार्डसँगै कोनमेबोलले उनलाई २ खेलको प्रतिबन्ध लगाएको थियो । उनलाई पाँच हजार जरिवाना समेत गरिएको थियो । जिजुसले पनि कोनमेबोलको निर्णय प्रति असन्तुष्टि जनाएका छन् । प्रतिबन्धको कारण जिजुसले पेरुविरुद्धको सेमिफाइनल खेल गुमाएका थिए । अब उनले अर्जेन्टिनाविरुद्धको फाइनल समेत गुमाउने छन् । ब्राजिलले कोपाको फाइनलमा आइतबार अर्जेन्टिनासँग खेल्नेछ ।








प्रतिक्रिया राख्नुहोस्