पर्खाल भत्किँदा शिशुको मृत्यु
दाङ। अविरल वर्षाका कारण बुधवार राति घरको पर्खाल भत्किँदा तीन महिने शिशुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
घोराही उपमहानगरपालिका– १७ का ३० वर्षीया मनिसा चौधरीको तीन महिने छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार चौधरी सहित उनका नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन् ।
घाइते दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै मृतक शिशुको शवलाई परीक्षणका लागि प्रतिष्ठानमा राखिएको छ ।








प्रतिक्रिया राख्नुहोस्