तपाईँ सुन्दै हुनुहुन्छः

काकीलाई विवाह गरी फरार व्यक्ति दुई वर्षपछि पक्राउ

भोजपुर । आफ्नै काकीलाई भगाएर विवाह गर्ने एक जनालाई भोजपुरमा प्रहरीले दुई बर्ष पछि पक्राउ गरेको छ । 

गत २०७६ भाद्र ४ गते आफ्नै काकीलाई भगाएर विवाह गरी लगेको हाडनाता मुद्दाका फरार अभियुक्तलाई २ बर्ष पछि लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकृत जीवन कुँवरले जानकारी दिनुभयो । 

जिल्लाको टेम्केमैयुङ गाउँपालिका वडा नं. १ का ३८ वर्षीय जित कुमार राईलाई लुकीछिपी बसेको अवस्थामा भोजपुर नगरपालिकाको वडा नम्बर १२ बाट जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी हवल्दार चितरञ्जन मेहताको कमाण्डमा रहेको गस्ती टोलीले आइतबार फेला पारी पक्राउ गरेको प्रहरी निरीक्षक कुँवरले बताउनुभयो । 

पक्राउ परेका राईलाई भोजपुर जिल्ला अदालत भोजपुरमा दाखिला गराइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button