तपाईँ सुन्दै हुनुहुन्छः

धान रोप्ने मेसिन भित्रिएसँगै खेती गर्न सहज

दाङ । कृषिमा आधुनिकीकरण भित्रिए सँगै  दाङमा  पनि पहिलो  पटक धान रोप्ने मेसिन भित्र्याइएको छ । कृषि ज्ञान केन्द्र दाङले धान खेतीमा आधुनिकीकरण सँगै खेती प्रति सहजता र उपलब्धमुलक खेतीमा सहयोग गर्ने उद्देश्यले धान रोप्ने मेसिन भित्र्याइएको कृषि ज्ञान केन्द्र दाङ सूचना अधिकारी रुद्रमणी पौडेलले जानकारी दिनुभयो ।  

सूचना अधिकारीका अनुसार हालका लागि दुई वटा चाइनिज र एउटा भारतीय मेसिन गरी जिल्लामा ३ वटा मेसिन ल्याइएको बताउनु भयो ।  उहाँका अनुसार दाङको धान खेती पकेट क्षेत्र घोराही, लमही, गढवा र राजपुरलाई छनोट गरिए पनि मेसिनले धान रोपाइ भने गढवा, लमही, राजपुरमा भइरहेको बताउनु भयो ।

लकडाउन भएकाले आवश्यक अनुसार मेसिन खरिद गर्न नसकिएको उनको भनाई छ । मेसिन प्रयोगले लागत कम गर्ने र उत्पादनमा वृद्धि गर्ने बताए । दाङमा यस अघि परम्परागत शैलीबाट धान रोपाई गर्ने गरिएको थियो । यस बर्ष भने मेसिनबाट रोपाई हुने गरेको छ । 

जिल्लामा मध्य र सानो गरी दुई प्रकार मेसिन ल्याइएको हो । जसमध्ये सङ्घीय सरकारले ५० प्रतिशत अनुदान र सम्बन्धित निकायको ५० प्रतिशत लगानीमा मेसिन भित्र्याइएको हो । उहाँका अनुसार मध्यम खालको मेसिनको मूल्य ८ र  ९ लाख र सानो खालको मेसिनको मूल्य ५ र ६ लाख पर्ने उहाँले बताउनु भयो ।

धान रोप्ने मेसिन तीन किसिमको भएता पनि जिल्लामा भने अहिले दुई प्रकारको मात्रै भित्रिएको छ  । ठुलो मेसिनलाई लगभग २०र२२ लाख पर्ने र कोरोनाका कारण देशभर लकडाउन भएकोले गर्दा जिल्लामा नल्याइएको बताउनु भयो । आगामी बर्ष ठुलो मेसिन ल्याउने तयारी भएको समेत उनले बताउनु भयो ।

त्यस्तै यस वर्ष मेसिनको प्रदर्शनीका रुपमा मात्रै प्रयोग गरेको पौडेलले बताए । धान रोप्दा मेसिनले  सानो क्षेत्रफलमा रोप्न असहज हुने  सूचना अधिकारी पौडेले बताउनु भयो।  धान रोप्ने मेसिन आए पछि कृषकहरू उत्साहित भएका छन्   

प्रतिक्रिया राख्नुहोस्

Back to top button