महिला भलिबल टिमबाट ९ खेलाडी बाहिरिए
काठमाडौँ । एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा रहेको महिला भलिबल टिमबाट ९ खेलाडी बाहिरिएका छन् ।
पहिलो चरणको बन्द प्रशिक्षण सकिएसँगै २७ खेलाडीबाट ९ खेलाडी बाहिरिएका हुन् ।
नेपाल भलिबल सङ्घले दोस्रो चरणमा ९ खेलाडी टिम बाहिर राख्दै १८ सदस्सीय टिमको छनोट गरेको छ ।
सङ्घले मनवीर छन्त्यालको संयोजकत्वमा खेलाडी छनोट समितिको सिफारिसमा १८ खेलाडी छनोट गरेको हो ।
फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपका लागि नेपाली टिमले असार १ बाट प्रशिक्षण सुरु गरेको थियो ।
सङ्घले ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएकोमा नेपाल पुलिस क्लबका तीन खेलाडी अनुपस्थित रहे ।
एसियन च्याम्पियनसिप आगामी अगस्ट २९ देखि सेप्टेम्बर ५ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, जापान, थाइल्यान्ड, कोरिया, काजकिस्तान, ताइवान, इरान, अस्ट्रेलिया, भारत, नेपाल, उज्बेकिस्तान, हङकङ सहित आयोजक फिलिपिन्सले सहभागिता जनाउनेछन् ।








प्रतिक्रिया राख्नुहोस्