२ जना लागु औषध कारोबारी पक्राउ
कैलाली । इलाका प्रहरी कार्यालय टीकापुर, कैलालीले लागु औषध कारोबारमा संलग्न २ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नम्बर–६ भर्तापुरकी सुमन चौधरी र सोही ठाउँका दिलीप राई रहेका छन् । राइलाई वडा नम्बर ३ रामपुरमा हिडीरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा पाइन्टको खल्तीमा लुकाई राखेको ६० थान नाइट्राभेट–१० र १६ थान स्पास्प्रोक्स क्याप्सुल सहित पक्राउ गरेको हो ।
राइलाई पक्राउ गरी सोधपुछ गर्दा भर्तापुरको लौटन चौधरीको पसलबाट ल्याएको भन्ने सूचना पाएपछि प्रहरीले उक्त पसलमा छापा मार्दा पसलबाट ६०० थान नाइट्राभेट–टेन र ९६ थान स्पास्प्रोक्स क्याप्सुल बरामद गरेको छ । उक्त लागु औषध बरामद सहित प्रहरीले पसल सञ्चालक लौटनको श्रीमती सुमन चौधरीलाई पनि पक्राउ गरेको हो ।
हिजो पक्राउ परेका उनीहरू दुवै जनालाई आज जिल्ला अदालत कैलालीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्