नेकपा एमालेको केन्द्रिय कमिटी बैठक सुरु

काठमाण्डौं । नेकपा एमाले केन्द्रिय कमिटीको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा पार्टीका उपाध्यक्ष बामदेव गौतम उपस्थित हुनुहुन्छ ।
बैठकमा वरिष्ठ नेता माधब नेपाल पक्षका नेताहरु सहभागी हुनुहुन्न । यद्यपि, बैठक सुरु हुनुअघि नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भिम आचार्य बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेट गर्नुभएको थियो । तर, उहाँहरु बैठकमा सहभागी नभई बालुवाटारबाट बाहिरिनु भएको छ ।
नेपाल पक्षको स्थायी समितिको बैठकले आज बोलाइएको केन्द्रिय कमिटी बैठक स्थगित गर्न माग गरेको थियो । सम्भवतः प्रधानमन्त्रीलाई आज भेटेका नेपाल पक्षका नेताहरुले त्यै विषय नै प्रधानमन्त्रीसमक्ष राखेको अनुमान गरिएको छ ।








प्रतिक्रिया राख्नुहोस्