लागु औषध ब्राउनसुगरसहित तीन जना पक्राउ
सुनसरी । झापा र सुनसरीका दुई छुट्टाछुट्टै स्थानबाट लागु औषध ब्राउनसुगर र ट्याब्लेटसहित तीन जना पक्राउ परेका छन् ।
झापाको इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोलीले मङ्गलवार साँझ ६ बजे दमक नगरपालिका–५ घर भई शिवसताक्षी नगरपालिका–९ बस्ने २२ वर्षीय निगम लिम्बुलाई लागु औषध ट्याब्लेटसहित पक्राउ गरेको हो ।
मे ६ प ७५६९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुलाई रोकेर चेकजाँच गर्ने क्रममा लिम्बुको साथबाट नियन्त्रित लागु औषध डाईजेपाम ९९ ट्याब्लेट र फेनारागन ९९ ट्याब्लेट बरामद भएको थियो ।
यसै गरी सुनसरीको धरान उप–महानगरपालिका–८ बाट नियन्त्रित लागु औषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीय ३५ वर्षीय विमल भुजेल र धरान–१५ का ४१ वर्षीय आईतराज लिम्बुलाई तिन ग्राम ब्राउनसुगर र १ बोतल डाईलक्स डि।सी। सहित पक्राउ गरेको हो ।
लागु औषधसहित पक्राउ परेका उनीहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्