एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान (आइतबार) ९ बजे बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिनुभयो ।
बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न बोलाइएको हो । बैठकमा दशौं राष्ट्रिय महाधिवेशन अघि नै विधान महाधिवेशन गर्ने बारेमासमेत छलफल हुने बताईएको छ ।
प्रतिक्रिया राख्नुहोस्