तपाईँ सुन्दै हुनुहुन्छः

चट्याङ लागेर १ जनाको मृत्यु

सुनसरी । मोरङको रङ्गेली नगरपालिका ६ मलङ्गथान स्थितमा रहेको पिठारीको रुखमुनि शीतल छहारीमा गफ गरी बसिरहेको अवस्थामा अचानक परेको चट्याङ्ग लागेर १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।


दिउँसो साँढे १ बजे परेको चट्याङबाट गम्भीर घाइते भएका सोही स्थानका २० वर्षीय नितेस रायको रङ्गेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय विजय मण्डल, २२ बर्षीया सङ्गीता राय, र २७ वर्षीय रबिन मण्डल घाइते भएका हुन् ।


घाइतेहरूको रङेली अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button