तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय नाघ्यो, आज २२ जना थपिए

                                   

भोजपुर । निषेधाज्ञा जारी रहेको भए पनि पूर्वी पहाडी जिल्ला भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको छ । मङ्गलवार २२ जना नयाँ थपिएसँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या ८ सय १५ पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।

जिल्लाको तथ्याङ्क अनुसार रामप्रसाद राई गाउँपालिकामा १ सय ३७, अरुण गाउँपालिकामा १ सय ३०, हतुवागढी गाउँपालिकामा १ सय २३, भोजपुर नगरपालिका १ सय १८, षडानन्द नगरपालिकामा ८६, साल्पासिलिंछो गाउँपालिकामा १ सय ४, टेम्केमैयुङ गाउँपालिकामा ६७, आमचोक गाउँपालिका ३३, र पौवादुङमा गाउँपालिकामा १६ जना कोरोनाका संक्रमित भेटिएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । 

कार्यालयका अनुसार हालसम्म ५ सय २१ जना संक्रमित निको समेत भएका छन् भने ७ जनाको उपचारका क्रममा ज्यान गएको छ । संक्रमित मध्ये रामप्रसाद राई गाउँपालिका १ सय २१, अरुण ८२, हतुवागढी गाउँपालिका ८१, षडानन्द नगरपालिका ८०, भोजपुर नगरपालिका ८२, आमचोक गाउँपालिका २६, टेम्केमैयुङ गाउँपालिका २५ ,पौवादुङमा गाउँपालिका १३ र साल्पासिलिंछो गाउँपालिकाका ११ जना संक्रमित निको भएका छन् । 

भोजपुरमा हाल पीसीआर परीक्षण भन्दा पनि बढी एन्टिजेन विधिबाट सङ्क्रमितको परीक्षण हुँदै आई रहेको छ । दोस्रो लहरको कोभिड १९ मा भोजपुरमा जम्मा ३ सय ८५ जनाको मात्र पिसिआर सङ्कलन गरिएको छ । जसमध्ये १ सय ४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो भने एन्टिजेन्ट परिक्षण विधिबाट २ हजार ८ सय ९६ जनाको परिक्षण गरिएकोमा ७ सय १४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको सूचना अधिकारी बुढाथोकीले बताउनुभयो । 

भोजपुरमा २ सय ६९ जना सक्रिय संक्रमित जिल्लामा उपचाररत रहेका छन् । जिल्ला बाहिर १९ जनालाई उपचारको लागि पठाइएको छ भने संस्थागत आइसोलेसनमा ५ जना र २ सय ६४ जना होम आइसोलेसनमा बसेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button