मन्त्रिपरिषद् विस्तारको खारेजी गर्न माग गर्दै सर्वोच्चमा दायर रिटमा बहस जारी

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तारको खारेजी गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा बहस जारी छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले सो रिटमा सुनुवाइ गरिरहेको छ ।
सर्वोच्च अदालतमा दर्ता भएका ६ वटा रिटमा भइरहेको सुनुवाइमा निवेदक तर्फबाट बहस जारी छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संसदीय अभ्यासमा काम चलाउ सरकारले राज्यलाई थप भार पर्ने गरेको मन्त्रिपरिषद् विस्तार खारेज हुनुपर्ने जिकिर गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्