अछामका स्थानीय तहको बजेटस् स्वास्थ्य प्राथमिकतामा
अछाम। अछामका १० स्थानीय तहहरु आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट, नीति तथा कार्यक्रम निर्माणमा जुटेका छन् ।
१० असारमै स्थानीय तहले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पर्ने संवैधानिक व्यवस्था अनुसार जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकाले कोरोना कहरका वीच सुझाव संकलन गर्दै बजेट निर्माणमा जुटेका हुन् ।
गत बिगतका बर्षहरुमा वडा स्तरमा टोल भेला गराएर योजना तर्जुमा तथा निति कार्यक्रमका लागी सुझाव संकलन गर्ने गरिएकोमा यो बर्ष कोरोना महामारीका कारण टोल भेला गर्न सकिने अवस्था छैन । तर केही स्थानिय तहहरुले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालना गर्दै कार्यपालिकामै छलफल गरेर योजना तर्जुमा तथा सुझाव संकलन गरेका बताएका छन् ।
अछामका स्थानिय तहहरुले अगामी आर्थिक बर्षमा स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर नीति कार्यक्रम ल्याउने जनाएका छन् । यस्तै शिक्षा, कृषि, पर्यटन र भौतिक पुर्वाधारलाई प्राथमिकता दिईएको पालिकाहरुले जनाएका छन् ।
जिल्लाको साँफेवगर नगरपालिकाले स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर अगामी आर्थिक बर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्ने जनाएको छ । विगतका २ बर्ष कोरोना संकटमा गुज्रिएका र फेरी पनी संक्रमणले भयावह रुप लिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै यहि असार ७ गते निति तथा कार्यक्रम ल्याउने नगरपालिका प्रमुख कुल बहादुर कुँवरले जानकारी दिनुभयो ।
यस्तै कोरोना महामारीका कारण बेरोजगारी समेत बढेकाले नगरवासीको आर्थिक अवस्था सुधारका लागि कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । आगामी आर्थीक बर्षमा अपाङ्गता भएका नागरिकलाई प्रथमिकतामा राखिने नगरप्रमुख कुँवरले बताउनुभयो ।
जिल्लाको मेल्लेख गाउँपालिकाले पनि स्वास्थ्य र सामाजिक बिकासलाई पहिलो प्राथमिकता दिने जनाएको छ । यस्तै भौतिक पुर्वाधार, वन, वाताबरण र बिपद् ब्यवस्थापनलाई प्राथमिकता दिईने बताईएको छ । बिभिन्न बिषयगत समितिका बैठकहरु बोलाएर निति तथा कार्यक्रमको तयारीमा जुटेको गाउँपालिकाका अध्यक्ष लोक बहादुर बोहराले जानकारी दिनुभयो ।
असार १० गतेभित्रै निति कार्यक्रम ल्याउने उहाँको दाबी छ । यस्तै रामारोशन गाउँपालिकाले स्वास्थ्य, रोजगारी र विभिन्न लक्षित बर्ग विशेष निति कार्यक्रम ल्याउने जनाएको छ ।
बिगतका बर्षहरुमा भौतिक पुर्वाधारलाई प्राथमिकता दिएर काम गरेकोमा अब सामाजिक बिकासलाई प्राथमिकता दिएर जनमुखी निति कार्यक्रम ल्याउने गाउँपालिकाका अध्यक्ष झँकर बहादुर साउँदले बताउनुभयो । कोभिडका कारण शिक्षा क्षेत्र धरापमा परेको भन्दै शैक्षिक क्षेत्रलाई चलायमान बनाउने गरी कार्यक्रम ल्याईने उहाँको दाबी छ ।
निति कार्यक्रम तथा बजेटका लागी बिभिन्न बिषयगत समिति र राजस्व परामर्श समितिको बैठक बसीसकेको र वडा तहमा जनप्रतिनिधिहरुको माध्यमबाट सुझाव संकलन भईरहेकाले १० गतेभित्रै निति कार्यक्रम ल्याउने गाउँपालिकाले जनाएको छ ।
जिल्लाको मंगलसेन नगरपालिकाले पनि स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र भौतिक पुर्वाधारलाई प्राथमिकता दिने जनाएको छ । यस्तै अगामी आर्थिक बर्ष निति तथा कार्यक्रममा जनमुखी कार्यक्रमहरु समेटिएको मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले बताउनुभयो ।
जिल्लाका अन्य स्थानिय तहहरुले पनी असार १० गतेभित्रै निति, कार्यक्रम तथा बजेट ल्याउने गरी तयारी गरिरहेको जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्