तपाईँ सुन्दै हुनुहुन्छः

 इजरायलका नयाँ प्रधानमन्त्रीमा नफ्ताली बेनेट निर्वाचित

जेरुसेलम। इजरायलमा १२ बर्ष सम्म प्रधानमन्त्री रहनु भएका बेन्यामीन नेतन्याहूलाई पराजित गर्दै दक्षिणपन्थी राष्ट्रवादी नेता नफ्ताली बेनेट नयाँ प्रधानमन्त्रीमा चयन हुनु भएको छ ।

इजरायली संसद नेसेटमा भएको मतदानमा झीनो मतले नेतन्याहूलाई पराजित गर्दै बेनेटले आगामी २०२३ सेप्टेम्बर सम्म प्रधानमन्त्रीको पद सम्हाल्नु हुने छ । त्यस पछिको अवधीमा भने यसअतिद पार्टीका नेता यार लापिडलाई पद हस्तान्तरण गर्ने राजनैतिक सहमति भएको छ ।

इजरायलका नवनियुक्त प्रधानमन्त्री बेनेटलाई अमेरिकी राष्ट्रपति लगायतका विभिन्न देशका सरकार प्रमुखहरूले शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button