मकवानपुरमा ४ हजार ३ सय ८६ जनाले लगाए भेरोसेल खोप
मकवानपुर । मकवानपुरमा हालसम्म ४ हजार ३ सय ६८ जनाले कोभिड–१९ विरुद्ध चाइनिज भेरोसेल खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायका अनुसार ६ हजारलाई लगाउने लक्ष्य भए पनि आईतबर दिउँसो २ बजेसम्म ४ हजार ३ सय ६८ जनाले पहिलो चरणको खोप लगाएका हुन् । उनीहरूले अबको ४ हप्ताभित्र दोस्रो चरणको भेरोेसेल खोप लगाउनेछन् ।
प्रमुख उपाध्यायका अनुसार जिल्लामा हालसम्म कोरोना भाइरस विरुद्धको कोभीसील्ड खोप पहिलो मात्रा २१ हजार ४०३ जनाले र ६ हजार ३६१ जनाले दोस्रो मात्रा खोप लगाएका छन् ।
पहिलो मात्रा खोप स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी, नेपाली सेना र बृद्धबृद्धाले लगाएका छन् । ती मध्य थोरै मात्रले दोस्रो खोप लगाउन पाएका छन् । दोस्रो खोप समयमै प्राप्त नभएर लगाउन नपाउनेहरू पनि धेरै रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्