तपाईँ सुन्दै हुनुहुन्छः

दुई वटा ट्रिपर दुर्घटना हुँदा एकको मृत्यु, चार जना घाइते

पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका २, लघुवामा आज दुई वटा ट्रिपर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
ट्रिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, का ४५ वर्षीय टङ्कबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
ट्रिपर दुर्घटनामा परी गुल्मी जिल्ला रुरु गाउँपालिका–२, बस्ने ३८ वर्षका अशोक कुँवर, सोही स्थानका ४२ वर्षीया रमा कुँवर, ललितपुर जिल्लाका २६ वर्षीय राजेन्द्र बजगाईँ र नवलपरासी जिल्ला सुनवल–९, बस्ने २२ वर्षका किसन कुँवर घाइते भएका छन् । घाइते अधिकांशको अवस्था मध्यम छ । घाइतेहरूको उपचार तानसेनस्थित मिसन अस्पतालमा भइरहेको छ ।
आज दिउसो तानसेन–तम्घास सडक खण्डमा तानसेनदेखि तम्घासतर्फ जाँदै गरेको बा. ४ ख ७३२० नम्बरको ट्रिपर र सोही दिशातर्फ गइरहेको प्रदेश ३–००१ क ०२५० नम्बरको ट्रिपर आपसमा ठोक्किएका थियो । ट्रिपर सडकदेखि २०० मिटर तल खसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button