तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारमन्त्रीमा नैनकला थापा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सात जना मन्त्री र एक जना राज्यमन्त्री थप गरी मन्त्रीमण्डल विस्तार गर्नु भएको छ । विस्तारित मन्त्रीमण्डलमा नैनकला थापालाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी दिइएको छ ।
थापा निवर्तमान गृहमन्त्री रामबहादुर थापाकी पत्नी समेत हुनुहुन्छ । उहाँले यस अघि राष्ट्रिय महिला आयोगको अध्यक्ष भएर चार बर्षे कार्यकाल पुरा गरिसक्नु भएको छ । साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सम्बन्धी विज्ञ समूहको सदस्य पनि समेत रहनु भएको थियो ।
बुटवलमा जन्मिनु भएको थापाले स्नातक सम्मको अध्ययन गर्नु भएको छ । त्यस्तै थापाले बुटवल र चितवनमा लामो समय अध्यापन समेत गराउनु भएको थियो । २०३५–३६ सालबाट विद्यार्थी आन्दोलनबाट राजनीतिमा आउनु भएकी थापा पार्टीको महिला सङ्घको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएको थियो ।
थापा तत्कालीन माओवादी केन्द्रको केन्द्रिय सल्लाहाकार हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button