मन्त्रिपरिषद विस्तार (सूचीसहित)
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मौजुदा मन्त्रिपरिषदमा जनता समाजबादी पार्टीको नेतासहित थप आठ जनालाई सहभागी गराई मन्त्रिपरिषदको विस्तार गर्नुभएको छ ।
विस्तारित मन्त्रीपरिषद्मा गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ ।
त्यसैगरी, आशाकुमारी वि.क.लाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्री नियुक्त गरिएको छ ।










प्रतिक्रिया राख्नुहोस्