भोजपुरमा सङ्क्रमितको सङ्ख्या ४ सय ९९
भोजपुर । भोजपुरमा दोस्रो लहरको कोभिड–१९ वाट संक्रमित हुनेको सङ्ख्या ४ सय ९९ पुगेको छ । मङ्गलवार २० जना थपिएसँगै संक्रमित हुनेको सङ्ख्या ४ सय ९९ पुगेको स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीले जानकारी दिनु भएको छ ।
सूचना अधिकारी बुढाथोकीका अनुसार भोजपुरमा ३ सय ५५ जनाको पीसीआर सङ्कलन गरिएको छ । जसमध्ये १ सय जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म भोजपुरमा एन्टिजेन्ट परीक्षण विधिबाट १ हजार ६ सय ९५ जनाको परीक्षण गरिएकोमा ३ सय ९९ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।
तथ्याङ्क अनुसार जिल्लामा सबैभन्दा बढी रामप्रसाद राई गाउँपालिकामा १ सय १० जना कोरोना संक्रमित देखिएका छन् । भोजपुरको षडानन्द नगरपालिकामा ७३, भोजपुर नगरपालिकामा ८६, हतुवागढीमा ९१, आमचोक २८, पौवादुङमा १०, अरुणमा ७२, साल्पासिलिंछोमा ९ र टेम्केमैयुङ गाउँपालिकामा २० जना संक्रमित देखिएका छन् ।
संक्रमित मध्ये २ जनाको उपचारका क्रममा ज्यान गएको छ भने १ सय ६४ जना निको भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्