तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतमा आज थप ७४ जना सङ्क्रमणमुक्त

पर्वत । पर्वतमा आज थप ७४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार आज ४३ जना पुरुष र ३१ जना महिला गरी कुल ७४ जना कोरोना सङ्क्रमणमुक्त भएका हुन् । पछिल्लो समय पर्वतमा संक्रमण घट्दै गएको छ भने निको हुनेको सङ्ख्या बढेको छ ।
पर्वतमा अहिले सम्म संक्रमित हुनेको सङ्ख्या १ हजार ४ सय ४६ पुगेको छ भने निको हुनेको सङ्ख्या ८ सय ३४ रहेको छ । जिल्लामा अहिले सक्रिय संक्रमित ५ सय ९२ रहेका स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button