सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ ।
मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।
बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताउनुभयो ।
बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको भए पनि विनानिष्कर्ष सकिएको थियो । आज पुनः बैठक बसेर एजेण्डा तय गर्ने बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्