तपाईँ सुन्दै हुनुहुन्छः

छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छुवाछुत प्रथा सभ्य समाजका लागि अस्वीकार्य रहेको बताउनुभएको छ ।

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यस प्रथाको समूल अन्त्य गर्दै न्यायपूर्ण, सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि समग्र समाजको सांस्कृतिक रूपान्तरणको खाँचो रहेको बताउनुभएको छ ।

समाजमा विद्यमान पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले व्यवहारमा जातीय भेदभाव तथा छुवाछुत प्रथाको समूल अन्त्य हुन नसकेको उहाँको भनाइ छ ।

“जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । त्यसैले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरूद्ध दृढतापूर्वक क्रियाशील रहन म सम्बद्ध सबैमा आह्वान गर्दछु,” राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button