तपाईँ सुन्दै हुनुहुन्छः

एकै दिन थपिए भोजपुरमा १ सय ४० संक्रमित

भोजपुर
                                  
भोजपुर ।  पूर्वी पहाडी जिल्ला भोजपुरमा एकै दिन १ सय ४० जना कोरोना संक्रमित बढेका छन् । बुधवार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ३ सय ८३ थियो ।
जिल्लामा दैनिक कोरोना संक्रमित बढ्दै जान थालेको हो । यो सँगै बिहीबार भोजपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २४ पुगेको छ । स्वास्थ्य कार्यालय भोजपुरका सूचना अधिकारी सुरेन्द्र कुमार बुढाथोकीका अनुसार परीक्षणका क्रममा भोजपुरमा दैनिक कोरोनाका बिरामीहरू फेला पर्ने गरेका छन् । दिनहुँ संक्रमण दर बढ्दै गएपछि स्थानीयमा समेत त्रास देखिएको छ ।
हालसम्म भोजपुरमा एन्टिजेन्ट परीक्षण विधिबाट १ हजार ३ सय ४३ जनाको परीक्षण गरिएकोमा ३ सय २४ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ भने ३ सय ५५ जनाको पिसिआर परीक्षण भएकोमा १ सय जनाको रिपोट पोजेटिभ आएको थियो । त्यस्तै १ सय २ जना संक्रमित निको भएका छन् ।
सबैभन्दा बढी जिल्लाको राम प्रसाद राई गाउँपालिकामा ९८ जना कोरोना संक्रमित देखिएका छन् । यस्तै भोजपुरको षडानन्द नगरपालिकामा ७३, भोजपुर नगरपालिकामा ६९, हतुवागढीमा ७१, आमचोकमा २४, पौवादुम्मामा ९, अरुणमा ६४, साल्पासिलिछोमा ६ र टेम्केमैयुङ गाउँपालिकामा १० जना संक्रमित देखिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी बुढाथोकीले बताउनुभयो ।
संक्रमित मध्ये जिल्लामा ३ सय ११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जिल्ला बाहिर ९ जनालाई उपचारको लागि पठाइएको छ भने संस्थागत आइसोलेसनमा ८ जना रहेका छन् ।
जिल्लामा सङ्क्रमितको संंख्या बढ्दै गए पछि स्थानीय प्रशासनले गत वैशाख २९ गते देखि जेठ २५ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button