तनहुँमा थप एक साता लम्बियो निषेधाज्ञा

तनहुँ । तनहुँमा गत वैशाखको २२ गतेदेखि जारी रहेको निषेधाज्ञा एक साताका लागि थपिएको छ ।
जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जेठ १५ शनिबार राति १२ बजेदेखि लागु हुने गरी २२ गते राति १२ सम्म निषेधाज्ञा जारी राख्ने निर्णय भएको हो ।
केन्द्रका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको बैठकले जिल्लामा कोभिड–१९ को महामारी अझै पनि यथावत् रहेको तथा समुदाय स्तरमा थप फैलिन सक्ने भन्दै बन्दाबन्दी जारी राख्ने निर्णय गरेको हो ।
शुक्रवार विज्ञप्तिमार्फत जानकारी दिँदै सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले अत्यावश्यक बाहेक अन्य सवारी साधन नचलाउन आग्रह गर्नुभयो ।
उहाँका अनुसार खाद्यान्नका पसल समेत बिहान ५ बजेदेखि ९ बजेसम्म मात्र खोल्न अनुमित दिने जनाउनुभएको छ । केन्द्रका यस अघि दुई पटक गरी निषेधाज्ञा लगाउन निर्णय गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्