कोरोना सङ्क्रमणबाट पर्वतमा थप ४ जनाको मृत्यु

पर्वत । कोरोना सङ्क्रमणबाट पर्वतमा आज थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३ जना पुरुष र १ जना महिला रहेका छन् ।
स्वास्थ्य कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका–१ का ५२ वर्षका पुरुष, कुश्मा नगरपालिका ६ का ४७ वर्षका पुरुषको मृत्यु भएको छ ।
यस्तै जलजला गाउँपालिका–४ का ३८ वर्षका पुरुष र मोदी गाउँपालिकाका७८ वर्षका महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै पर्वतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ ।
पर्वतमा दोस्रो लहरको कोरोना सङ्क्रमणबाट संक्रमित हुनेको सङ्ख्या ६ सय ४३ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्