कोरोना सङ्क्रमणबाट वडाध्यक्ष तामाङको निधन
काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणबाट काठमाडौँको शंखरापुर नगरपालिका वडा नं.–४ का अध्यक्ष बुद्धिबहादुर तामाङको निधन भएको छ ।
गोकर्णेश्वर नगरपालिका वडा नं. –८ स्थित नेपाल मेडिकल कलेज अत्तर खेलमा उपचारका क्रममा आज दिउँसो वडाध्यक्ष तामाङको निधन भएको नगरपालिकाका प्रवक्ता हितमान तामाङले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्