कोरोना भाइरस सङ्क्रमणबाट सल्यानमा थप एक जनाको मृत्यु
सल्यान । कोरोना भाइरस सङ्क्रमणबाट सल्यानमा थप एक जनाको मृत्यु भएको छ ।
जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा बिहीबार दिउँसो थप एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा शारदा नगरपालिका वडा न १ श्रीनगरका वर्षीय ६७ पुरुष रहेका छन् ।
दुई दिनदेखि श्वास फेर्न समस्या भएपछि बिहीबार अस्पताल ल्याएको केही समयमै उनको मृत्यु भएको जिल्ला अस्पताल सल्यानले जनाएको छ ।
उनलाई दमको समस्या रहेको सल्यान जिल्ला अस्पताल सल्यानका मेडिकल अधिकृत भीमकान्त जैसीले बताउनुभयो ।
योसँगै सल्यानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ ।
सल्यानमा ४ सय १५ जना कोरोनाका सक्रिय सङ्क्रमित
यस्तै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।
वैशाखदेखि आज (बिहीबार) सम्म ४ सय १५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
कार्यालयका अनुसार बिहीबार एन्टीजेन परीक्षणबाट २४ र पिसिआर परीक्षणबाट ८८ जनामा कोरोना पुष्टि भएको छ ।
एन्टीजेन परीक्षणका क्रममा दार्मा गाउँपालिका ४ महिला र ९ पुरुष, कुमाख गाउँपालिका १ महिला र ६ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै पिसिसार परीक्षण गर्दा शारदा नगरपालिका र सल्यान अस्पतालका ९ महिला र १७ पुरुष, छत्रेश्वरी गाउँपालिकाका ७ महिला र १० पुरुष, त्रिवेणी गाउँपालिका ४ महिला र १३ पुरुष, कालीमाटी गाउँपालिकाका ७ महिला र ९ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
त्यसै गरी बागचौर नगरपालिकाका २ महिला र ५ पुरुष, सिद्ध कुमाख गाउँपालिका १ पुरुष र १ महिला, कुमाख गाउँपालिकाका २ महिला र १ पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
संक्रमित मध्ये सल्यान अस्पतालमा २०, संस्थागत आइसोलेसनमा ५ र होम आइसोलेसनमा ३ सय ९० संक्रमित रहेका छन् ।
संक्रमित मध्ये बिहीबार १८ जना निको भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्