बाजुरामा एक सङ्क्रमित महिलाको मृत्यु

बाजुरा । कोरोना भाइरस तथा कोभिड–१९ को सङ्क्रमणबाट बाजुरामा एक जना महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख महेश चन्दले बताउनुभएको छ ।
गौमुल गाउँपालिका वडा ३ की ५५ बर्षीया महिलाको मृत्यु भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
उनको बुधवार बिहान ५ बजे जिल्ला अस्पताल बाजुरामा उपचारका लागि भर्ना गरिएको थियो । भर्ना गरेको ९ घण्टा पछि उनको मृत्यु भएको अस्पतालले बताएको छ ।
उनलाई एन्टीजेन्ट विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला अस्पताल बाजुराले बताएको छ । मृत्यु भएकी महिला क्यान्सर पीडित पनि थिइन ।
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ । दोस्रो लहरको कोभिड फैलिएपछि बाजुरामै कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो ।
एन्टीजेन परीक्षण गर्दा बाजुरामा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।








प्रतिक्रिया राख्नुहोस्