तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनमा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आयोगको अनुरोध

file photo

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिने राजनीतिक दललाई स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न अनुरोध गरेको छ ।

आगामी जेठ ६ गते हुने उपनिर्वाचनमा भाग लिने नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीलाई स्थानीय तहसम्म उच्च सतर्कता अपनाई महामारी नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्‍याउन अनुरोध पत्र पठाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
नेपालभर कोभिड –१९ को सङ्क्रमणको उच्च जोखिम रहेको र काठमाडौँ उपत्यका लगायत अधिकांश शहरमा निषेधाज्ञा समेत लागू भइसकेको अवस्थामा वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन केन्द्रित राजनीतिक गतिविधि, सभा, सम्मेलन, आमसभा, कोणसभा, प्रचारप्रसार, उम्मेदवारी मनोनयन दर्ता, पत्रकार सम्मेलन लगायत कार्यक्रम सञ्चालनले मानवीय स्वास्थ्यमा पर्न सक्ने असरप्रति विशेष ध्यान दिन पनि आयोगले राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button