तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा भोलिदेखि निषेधाज्ञा

जुम्ला । कोरोना संक्रमण  बढ्दै जान थालेपछि जुम्लामा भोलि राति १२ बजेदेखि लागु हुने गरी वैशाख मसान्तसम्म जुम्लाका आठै स्थानीय तहमा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय जुम्लामा आज बसेको कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बैठकले भोलि राति १२ बजेदेखि वैशाख मसान्त सम्म जुम्लाका आठै स्थानीय तहमा लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले जानकारी दिनुभयो ।
सहायक प्रजिअ चौलगाईले निषेधाज्ञा अवधिभर बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक बस्तु किनमेलका लागि खुला गरिने र अन्य सबै कामकाज ठप्प हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button