तपाईँ सुन्दै हुनुहुन्छः

कर रकम भुक्तानीको समय थप गर्न सरकारसँग अनुरोध

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले मुलुकको झन्डै दुई तिहाइ भूभागमा निषेधाज्ञा लकडाउन जारी रहेका कारण सरकारलाई बुझाउनु पर्ने कर राजस्वको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको लागि समय थप गर्न सरकारसँग अनुरोध गरेको छ ।
महासङ्घले आज सरकारको सम्बन्धित निकायमा पत्राचार गरी अहिलेको विषम परिस्थितिलाई मनन गरी मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क, आय करको अग्रिम कर कट्टी लगायतका करहरूको विवरण बुझाउनु पर्ने म्याद र कर रकम भुक्तानीको समय थप गरिदिन अनुरोध गरेको हो ।
कोभिड महामारिका कारण दैनिक उपभोग्य बाहेकका व्यापार, व्यवसाय र सवारी आवागमन बन्द भएका, उद्योग प्रतिष्ठानका कर्मचारी तथा कामदारहरू समेत स्वास्थ्य संवेदनशीलताका कारण आवतजावत गर्न नसकेकाले समयमा कर विवरण बुझाउन र कर रकम भुक्तानी गर्न नसकिने हुँदा समय थप गर्न महासङ्घले आग्रह गरेको हो ।
त्यसैगरी नेपाल चेम्बर अफ कर्मशले कर रकम दाखिला गर्ने म्याद थप गर्न सरकारसँग अनुरोध गरेको छ ।
चेम्बरले मङ्गलवार विज्ञप्ति मार्फत करसँग सम्बन्धित कागजातहरू कार्यालयमै रहने भएकोले कोरोनाको यस परिस्थितिमा कर विवरण र कर रकम दाखिला गर्न अनलाइनबाट समेत सम्भव नभएको भन्दै चेम्बरले आवश्यक म्याद थप गरिदिने व्यवस्थाको लागि नेपाल सरकार समक्ष अनुरोध गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button