तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा २४ घण्टामा ७ सय ९७ सङ्क्रमित थपिए

भैरहवा । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ७ सय ९७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । कोरोना सङ्क्रमणका कारण ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देही जिल्लामा सबैभन्दा धेरै बुटवल उप महानगरपालिकामा १ सय ४६ जना महिला, १ सय ८६ जना पुरुष सङ्क्रमित भएका छन् । सिद्धार्थनगर नगरपालिकामा ४५ जना महिला र ६३ जना पुरुष नयाँ सङ्क्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्क रहेको छ ।

हालसम्म रुपन्देहीमा १४ हजार ७ सय ६६ जना कोरोना सङ्क्रमित भएका छन् । जसमध्ये ९ हजार ८ सय ७० जना निको भएका छन् भने कुल मृत्यु हुनेको सङ्ख्या २ सय २० र सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ६ सय ७६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button