तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा मङ्गलवार थप ७६ जनामा संक्रमण, एक जनाको मृत्यु

मकवानपुर । मकवानपुरमा मङ्गलवार (आज) थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज हेटौँडा अस्पतालको कोरोना परीक्षण प्रयोगशाला र मकवानपुरगढी, मनहरी भिमफेदी गाउँपालिकामा गरिएको परीक्षणमा थप ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
हेटौँडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको ९३ जनाको श्वास परीक्षणमा ५७ जनामा र मकवानपुरगढी, मनहरी भिमफेदी गाउँपालिकामामा ४२ जनाको एन्टीजेन विधिबाट गरेको परीक्षणमा १९ जना गरी थप ७६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
यस्तै, हेटौँडा अस्पतालमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै आज मात्रै दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा अमलेखगन्जका ५९ वर्षीय पुरुष रहेको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफलले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button