बारा जिल्लामा तत्कालै निषेधाज्ञा नुहुने

बारा । बारामा आज १६ वटै स्थानीय तहको प्रमुख र शान्ति सुरक्षाको प्रमुखहरुको संयुक्त रुपमा बसेको बैठकले जिल्लामा तत्कालै निषेधाज्ञा नगर्ने निर्णय गरेको छ ।
जिल्लामा रहेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिइएको छ । यहीँ अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालय बाराले जिल्लामा निषेधाज्ञा लगाउने तयारीमा रहेको भएता पनि तत्काल निषेधाज्ञा नगरिने बताइएको छ ।
आज जिल्ला प्रशासन कार्यालय कलैयामा बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र तीन वटै सुरक्षा निकायका प्रमुख एवं १६ वटै स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरू सहित सरोकारवालाको बैठकले जिल्लामा निषेधाज्ञा नलगाउने निर्णय गरेको हो ।
बारा जिल्लामा हाल ३३८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने १० जनाको मृत्यु भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्