तपाईँ सुन्दै हुनुहुन्छः

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

भद्रपुर, झापा । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित डुँडामारीका २८ वर्षीय जीवन थाम्सुहाङको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार साँझ शिवसताक्षी–१० स्थित माइखोलामा साथीहरूसँग पौडी खेल्ने क्रममा उनी माइखोलाको बाँधमा बगेर बेपत्ता भएका थिए ।
थाम्सुहाङ बेपत्ता भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माइधारबाट प्रहरी टोलीले खोजतलास गर्दा बेलुका साढे ७ बजे बगेको ठाउँबाट करिब ५०० मिटर दक्षिण थाम्सुहाङ मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button