सल्यानका कोरोना सङ्क्रमितको काठमाडौँमा मृत्यु
सल्यान । सल्यानका कोरोना सङ्क्रमितको काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको छ । मङ्गलवार दिउँसो सल्यान शादा नगरपालिका १ श्रीनगरका ४५ वर्षीय एक पुरुषको मृत्यु भएको हो ।
दाङ घोराहीमा उपचार गराई रहेका उनको अवस्था गम्भीर भएपछि सोमबार हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो ।
यस्तै सिद्ध कुमाख गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको सोमबार राती प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ । अक्सिजनको मात्रा कम भए पनि सोमबार सल्यान अस्पताल पुगेका पुरुषको अवस्था गम्भीर भएपछि सोमबार नै प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो ।
सल्यानमा हालसम्म जिल्लामा ६ जनाको र अन्य जिल्लामा ३ जनाको मृत्यु भई सकेको छ ।








प्रतिक्रिया राख्नुहोस्