नेपाल धितोपत्र बोर्डद्वारा सुझावको लागि आग्रह
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति पत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका २०७७ को (मस्यौदा) तयार पारी राय सुझावको लागि सम्वद्ध सबैलाई आग्रह गरेको छ ।
नेपाल धितोपत्र बोर्डले शुक्रवार एक सूचना मार्फत बस्तु विनिमय बजार सञ्चालन गर्न अनुमति पत्र प्रदान गर्ने नीतिगत एवं प्रक्रियागत व्यवस्था सम्बन्धी निर्देशिका, २०७७ को मस्यौदा तयार गरिएको ब्यहोरा जानकारी गराउँदै सम्बन्धित सरोकारवाला लगायत सर्वसाधारणहरूलाई मस्यौदा निर्देशिकाका सम्बन्धमा कुनै राय सुझाव भएमा आगामी १५ दिन भित्र अर्थात् २०७८ वैशाख ३१ भित्र nabaraj.adhikari@sebon.gov.np मा सुझाव पेश गर्न आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्