नरैनापुरमा फेरी आगलागी, ११ घर जलेर नष्ट

बाँके । बाँकेको नरैनापुर गाउँपालिका वडा नं १ को कटर्कुया गाउँमा आगलागी भएको छ ।
आज (शुक्रवार)बिहान ११ः५० बजे भएको आगलागीमा ११ जनाको घर गोठ जलेर नष्ट भएको छ ।
स्थानीय जवाहिर यादवको गोठबाट सुरु भएको आगलागी दयाराम यादव, सुरज यादव , कमल यादव लगायत ११ जनाको घर र गोठमा पूर्ण क्षति भएको कटकुइया बेस क्याम्पका प्रहरी निरीक्षक धिरेन्द्र बडुवालले बताउनुभयो ।
आगलागीका कारण ६ लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाको दमकल र स्थानीयहरूको सहयोगमा आगलागी नियन्त्रणमा लिएको बेस क्याम्पका प्रहरी निरीक्षक बडुवालले बताउनुभयो ।
आगलागीको कारण खुल्न सकेको छैन भने क्षतिको यकिन विवरण सङ्कलन गर्ने कार्य भइरहेको नरैनापुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवले बताउनुभयो ।
गत चैत्रदेखि अहिले सम्मको ४५ दिन भित्र नरैनापुरमा आगलागीको यो आठाँै घटना हो ।
नरैनापुरमा फुसको छानो बढी भएको र बस्ती एकदम घना भएकोले गर्मी महिनामा हरेक बर्ष दर्जनाँै आगलागीको घटना हुने गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्