तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषधसहित दुई जना पक्राउ 

सप्तरी  । सप्तरीबाट सशस्त्र प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको राजगढ गाउँपालिका–२ मा चेक प्वाइन्ट खडा गरी चेकजाँच गर्ने क्रममा बिहीबार  भारतबाट आउँदै गरेको दुई जना सवार स४प ३४९७ नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीको गस्ती टोलीलाई देखेर भागेपछि प्रहरीले पिछा गर्दै समातेको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले बताउनुभयो ।
विष्णुपुर गाउँपालिका–७ कनकटा बस्ने २८ वर्षीय अभिमन्युकुमार र राजविराज नगरपालिका–८ बस्ने ४३ वर्षीय गज्जु दासलाई नियन्त्रणमा लिएपछि लागू औषध बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरूको साथबाट डाइजेपाम इन्जेक्सन ६४ थान, फेनारगन इन्जेक्सन ६५ थान, लिजेसिक बुप्रेनोरोफिन इन्जेक्सन ६५ थान, नाइट्रोसुन ट्याब्लेट ५० थान बरामद भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button