तपाईँ सुन्दै हुनुहुन्छः

निषेधाज्ञाको दोस्रो दिन : उपत्यकाका ८५ भन्दा बढी स्थानमा प्रहरीको चेकजाँच

काठमाडौँ ।  निषेधाज्ञाको दोस्रो दिन काठमाडौँ उपत्यकामा अत्यावश्यक सेवा बाहेकका सवारीसाधन चलेका छैनन् भने विशेष काम नपरी घर बाहिर ननिस्कन प्रहरीले सबैमा आग्रह गरेको छ  ।
निषेधाज्ञालाई प्रभावकारी बनाउन प्रहरीले चेकजाँच गरी अत्यावश्यक सेवा बाहेकका सवारी साधनहरू नियन्त्रणमा लिने गरेको छ ।
यो समाचार तयार पर्दासम्म आज निषेधाज्ञाको उल्लङ्घन गर्ने  १ हजार ५ सयभन्दा बढी सवारी साधन नियन्त्रणमा लिइएको र अनावश्यक रुपमा घर बाहिर निस्कनेहरूलाई फर्काउने गरिएको महानगरीय ट्राफिक प्रहरी प्रवक्ता श्याम कृष्ण अधिकारीले जानकारी दिनुभयो  ।
प्रवक्ता अधिकारीले  निषेधाज्ञालाई कसिलो बनाउन उपत्यकाका ८५ भन्दा बढी स्थानहरूमा प्रहरीले चेकजाँच गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button