तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाका कारण डडेल्धुराका एक शिक्षकको मृत्यु

डडेल्धुरा । कोरोना भाइरसको कारण डडेल्धुरामा कार्यरत एक शिक्षकको आज मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–७ स्थित उग्रतारा माध्यमिक विद्यालय पोखरामा कार्यरत शिक्षक ४० वर्षीय धर्मानन्द ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

कोरोनाका कारणले दुई दिन अघि पनि बैतडीका ३२ बर्षीय एक युवकको मृत्यु भएको थियो । मृतक हुनेको संख्या डडेल्धुरामा २ पुगेको छ भने संक्रमितको संख्या झण्डै सयभन्दा बढी नाघेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button