वीरगंजमा थप १ कोरोना सङ्क्रमितको मृत्यु

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचाररत १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
नारायणी अस्पतालमा कोरोना संक्रमण भई उपचारार्थ भर्ना भएका वीरगंज महानगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुषको आज उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बताउनुभयो ।
वैशाख १२ गते एन्टिजिन परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएका मृतक पुरुषको ४ दिन देखि नारायणी अस्पतालमा उपचार भई रहेको थियो ।
अचानक आज उनको श्वासप्रश्वासमा समस्या र कडा खालको निमोनियाको कारण उपचारकै क्रममा निधन भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्