तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा आज राति १२ बजेदेखि लागु हुने गरी निषेधाज्ञा

चितवन । कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि चितवनमा निषेधाज्ञा गर्ने निर्णय गरिएको छ ।
बुधवार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसीएमसी) चितवनको बैठकले आज बिहीबार राति १२ देखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
आज राति १२ः०० बजेदेखि ३१ गते राति १२ः०० बजेसम्मका लागि यो निर्णय लागू हुनेछ ।
चितवनमा कोरोना (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसीएमसी) चितवनका संयोजक एवं प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो ।
उहाँले जिल्लामा कोरोना सङ्क्रमणको अवस्था हेरेर थप निर्णयहरू गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button