बाँकेमा १० मिनेटको फरकमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार पछिल्लो २४ घण्टामा बाँकेमा थप ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ६ जना तथा कैलाली र बर्दियाका एक–एक जना गरी ८ जनाको मृत्यु भएको हो ।
यसैबीच कैलाली लम्कीचुहा नगरपालिकाका ४३ वर्षीय एक पुरुषको आज बिहान ७:५० बजे र खजुरा गाउँपालिका–२ की ६७ वर्षीय महिलाको बिहान ८ः०० बजे मृत्यु भएको छ । यी दुई जना कोरोना सङ्क्रमितको मृत्यु १० मिनेटको फरकमा भएको बाँकेका कोरोना फोकल पर्सन ओलीले जनकारी दिनुभयो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत नेपालगन्ज–१३ का ५८ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको उपचारको क्रममा यसअघि नै मृत्यु भएको थियो । ५८ वर्षीय पुरुषमा वैशाख १२ गते कोरोना संक्रमण पुष्टि भएकोमा त्यसको भोलिपल्ट उनी अस्पताल भर्ना भएका थिए । उनको उपचारको क्रममा बुधवार राति ८ः५५ बजे मृत्यु भएको हो ।
यस्तैगरि बुधवार बेलुका ९ः०० बजे भेरी अस्पतालमा उपचार गराइरहेका नेपालगन्ज उपमहानगरपालिका–४ का ६० वर्षीय वृद्धको मृत्यु भएको थियो । वैशाख ६ गते पिसिआर परीक्षण गराउँदा कोरोना संक्रमण देखिएका ती वृद्धको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि १५ वैशाखमा अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएकै दिन राती उहाँको मृत्यु भएको हो।
त्यसै गरी कोहलपुर नगरपालिका–११ की ४३ वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । वैशाख १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर भर्ना गरिएकोमा ती महिलाका भर्ना भएको केही समयपछि नै मृत्यु भएको थियो ।
बुधवार राती नै नेपालगन्ज उपमहानगरपालिका–९ का ४२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई ११ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार भइरहेकै अवस्थामा १५ गते राती १०ः०० बजे उनको पुरुषको मृत्यु भएको हो ।
भेरीकै उपचाररत बढैयाताल गाउँपालिका–८ बर्दियाका ३२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ । वैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई १५ गते बेलुका भेरी अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । उनको १६ गते बिहान १ः३० बजे मृत्यु भएको हो ।
त्यसै गरी आज बिहान नेपालगन्ज उपमहानगरपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख १० गते कोरोना संक्रमण देखिएका ती पुरुषलाई १५गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । अस्पतालमा भर्ना गरेर विभिन्न विधिबाट कोरोनाको उपचार चलिरहेकै बेला बिहीबार बिहान ५ः३० बजे ती पुरुषको मृत्यु भएको ओलीले जानकारी दिनुभयो ।
कोरोना फोकल पर्सन ओलीका अनुसार बिहीबार बिहानसम्म कोरोना सङ्क्रमणका कारण बाँके जिल्लाका १ सय ८ र जिल्ला बाहिरका १सय ९ जनाले ज्यान गुमाइसकेका छन् ।








प्रतिक्रिया राख्नुहोस्