गैँडा मृत फेला
चितवन। चितवन राष्ट्रिय निकुञ्जमा आज एक भाले गैँडा मृतावस्थामा भेटिएको छ ।
निकुञ्जको बुढीराप्ती क्षेत्रमा अन्दाजी ३० वर्षको गैँडा मृत भेटिएको हो । उक्त गैँडाको खुर, खाग सुरक्षित रहेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । यससँगै चालु आर्थिक वर्षमा ३१ गैँडा मरेका छन् । जसमध्ये चार चोरी शिकारीले र २७ वटा प्राकृतिक कारणले मरेका हुन् ।








प्रतिक्रिया राख्नुहोस्